९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको पहिलो डिजिटल पत्रिका मायादेवी अनलाइन चौथो बर्षमा प्रवेश



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको पहिलो डिजिटल पत्रिका मायादेवी अनलाइन डटकम (www.mayadevionline.com) बुधबार देखि चौथो बर्षमा प्रवेश गरेको छ । २०७४ साउन ७ गते आजकै मितिमा औपचारिक रुपमा सञ्चालनमा आएको मायादेवी अनलाइन तेस्रो बसन्त पार गरी चौथो बर्षमा प्रवेश गरेको हो ।

विश्वले सूचना र प्रविधिमा ठूलो फड्को मारेसंगै मिडियामा पनि तिव्र विकास भएको छ । बढ्दो इन्टरनेटको प्रयोगसंगै मायादेवी अनलाइन डिजिटल पत्रिकाको रुपमा कपिलवस्तुबाट शुभारम्भ गरिएको थियो ।

मायादेवी अनलाइन चौथो बर्षमा प्रवेश गरेसंगै मायादेवी मिडिया ग्रुपका अध्यक्ष तथा कार्यकारी निर्देशक हरि अधिकारीले सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तकमा एक शुभकामना सन्देश जारी गर्नुभएको छ । बढ्दो सूचना प्रविधिको प्रयोगसंगै डिजिटल पत्रिकाको रुपमा सञ्चालन गरिएको अनलाइनले विभिन्न कठिनाईका बीच जनतालाई सूचनाको व्यास मेटाउने कोशिश भएको भन्दै आगामी दिनमा अझै प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ग्रामिणस्तरमा इन्टरनेटको प्रयाप्त सुविधा हुन नसक्दा अनलाइन मिडिया सञ्चालनमा कठिनाई भएपनि मायादेवीले दैनिक रुपमा अपडेट गर्दै जिल्लासहित प्रदेश, देश र विश्वका ताजा सूचना पुर्‍याउने कोशिस गरिरहेको सन्देश मार्फत अध्यक्ष अधिकारीले प्रष्टाउनुभएको छ ।

आगामी दिनमा अनलाइनलाई अझै गुणस्तरीय, विश्वसनिय बनाउँदै भिडिओ माध्यमलाई बढी जोड दिदै सूचना हातहातमा पुर्‍याउने उहाँले बताउनुभएको छ । जिल्लामा पहिलो पटक मायादेवी अनलाइन टिभी सञ्चालन गरिएको भन्दै यसलाई पनि आगामी दिनमा अझै परिस्कृत बनाउँदै लैजाने उहाँको भनाई छ ।

०७४ सालमा मायादेवी अनलाइन डटकम औपचारिक रुपमा शुभारम्भ भएपनि ०७५ मा विधिवत् रुपमा मायादेवी मिडिया ग्रुपले सञ्चालनमा ल्याएको थियो । विगतका बर्षमा अनलाइन मिडिया दर्ता नभएको अवस्थामा पछिल्लो बर्ष सरकारले अनिवार्य दर्ताको नियम बनाएको छ । सोही नियम अनुसार मायादेवी अनलाइन सूचना विभाग, प्रेस काउन्सिलमा दर्ता छ ।

दैनिक समाचार अपडेट गर्ने मायादेवीका दैनिक हजारौं पाठक रहेका छन भने रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज पनि प्रत्यक्ष सुन्न सकिने व्यवस्था छ । साथै अनलाइनमा महत्वपूर्ण समाचार रिपोर्ट, अन्तर्वार्ता भिडिओको माध्यमबाट हेर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ८ : ५६ बजे