चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार साँझ पाँच बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सो सडकखण्ड अन्तर्गत पर्ने चार किलोमा पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
सडकमा पहिरो खसेका कारण सोमबार बिहानबाट नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक सुचारु गरिएसँगै चितवन–दमौली–पोखराका लागि हिँडेका सवारी साधनहरु चल्न थालेको उनले बताए । पहिरो पन्छाउने काम अझै बाँकी रहेका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने उनले बताए ।
तर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवा खोलामा रहेको पुल बाढीले बगाएका कारण काठमाडौं आउजाउ गर्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया