९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यसरी भत्कियो काठमाडौं प्रवेश गर्ने सडक (फोटोफिचर)



काठमाडौं ।
आइतवारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको छ । मौवाखोलामा आएको बाढीले पुल भत्काउँदा राजमार्ग अवरुद्ध भएको छ भने अन्य कयौं स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जवाङ खोलाले टिप्परहरू बगाएको छ भने डोजर तथा स्काभेटरमा पनि क्षति पुर्‍याएको छ ।

धादिङ खण्डमा विभिन्न स्थानमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले मौवा खोलामा सडक खुलाउन प्राविधिकहरूसँग छलफल भइरहेको जानकारी दिए ।

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले पृथ्वी राजमार्गको अवस्था साह्रै नै जोखिमपूर्ण रहेको उल्लेख गरेका छन् ।

तस्वीरहरू सामाजिक संजाल फेसबुकबाट

प्रकाशित मिति : ६ श्रावण २०७७ मंगलबार ००:००  ५ : ४४ बजे