९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महाधिवेशन गरौं भन्दा सकिदैंन भनेर पन्छिन खोज्नु उचित हो र ? शंकर पोख्रेल



काठमाडौं ।
प्रदेश पाँचका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर पोखरेलले मंसिरमा एकता महाधिवेशन राख्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूको असहमतिमाथि प्रश्न गरेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहालसमक्ष मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

आफ्नो फेसबुकमा पोस्ट गर्दै पोखरेलले पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरूले ३ वर्ष भित्र महाधिवेशन गर्ने कुराबाट पन्छिन खोजेको बताउँदै सो कार्य उचित हो र भन्दै प्रश्न उठाएका हुन्।

ुपार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौ भन्ने नेताहरू ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैंन भनेर पन्छिन खोज्नु उचित हो ररुु, फेसबुक पोस्टमा पोखरेलले लेखेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०७७ सोमबार ००:००  ८ : ४४ बजे