९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केहि दिन देशभर झरी पर्ने, घरबाहिर निस्कदा छाता र रेनकोट बोक्न नभुल्नु है



काठमाडौं ।
गएको तीन/चार दिन खुलेर टन्टलापुर घाम लागे पनि फेरि आइतबारदेखि देशभर झरी परेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकोले अबको दुई चार दिन नै देशभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा बाढी पहिरोसँगै डुबानको जोखिम छ ।

लगातारको झरीले जमिन गल्ने हुँदा पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । अहिले देशभर मनसुन सक्रिय रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ भने ती अझै ठूलो वर्षाको सम्भावना छ । यस्तै राति पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत रहन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ६ : ०२ बजे