एजेन्सी ।
बलिउड अभिनेत्री दीपिका पादुकोण आगामी फिल्ममा तलेगु सुपरस्टार प्रभाषसँग देखिने भएकी छिन्। चर्चित तलेगु फिल्म ‘महानति’का निर्देशक नाग अश्विनको प्रोजेक्टमा यी दुई कलाकार सँगै देखिने भएका हुन्। ुसाइफाइु विधाको यो फिल्मबाट दीपिका र प्रभाष पहिलोसल्ट सँगै देखिने भएका हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार गत फेब्रुअरीमा यसको आधिकारिक घोषणा भएको थियो। आइतबार मात्र निर्माताहरूले दीपिका यसमा मुख्य पात्र रहेको खुलासा गरेका हुन्। दीपिकाको तलेगु डेब्यूको रूपमा चिनिने यो फिल्म अर्को वर्ष निर्माण हुने बताइएको छ।
यसबारे दीपिकाले पनि ट्वीट गरेकी छन्, ‘उत्साहको सीमा कटेको छ यो यात्रा अविश्वसनीय हुनेछ भन्ने विश्वासमा अगाडि बढ्न आतुर छौं।’ फिल्मबारे अन्य विवरण आधिकारिक रूपमा खुलाइएको छैन।
निर्देशक नाग अश्विनले भनेका छन्, ‘दीपिकाले यो पात्रको भूमिका खेलेको हेर्न म अत्यन्त उत्साहित छु। कुनै पनि मूलधारका कलाकारले यस्तो भूमिका निर्वाह अहिलेसम्म गरेका छैनन् र यो सबैका लागि आश्चर्यचकित हुनेछ। फिल्ममा दीपिका र प्रभाषको जोडी र कथा मुख्य आकर्षण हुनेछ। जुन मलाई लाग्छ, दर्शकको मनमा आगामी कयौं वर्षसम्म रहिरहने छ।’
प्रभाष अहिले अर्को फिल्म ‘राधेश्याम’ को रिलिज पर्खिरहेका छन्। उनको यो फिल्म दुई वर्षअघि नै आउनुपर्ने भए पनि ुसाहोु फिल्मका कारण स्थगित भएको थियो।
दीपिका पनि फिल्म ८३ मा अभिनेता रणवीर सिंहसँगै देखिँदैछन्। १९८३ को क्रिकेट विश्वकपमा भारतीय जितमा आधारित फिल्ममा रणवीर क्रिकेटर कपिल देवको भूमिकामा छन् भने दीपिका उनकी श्रीमती रोमी देवको भूमिकामा। योसँगै दीपिकाको अर्को फिल्म पनि आउँदैछ जसमा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि छन्।
प्रतिक्रिया