काठमाडौँ ।
प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिने भएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई सांसदको सपथ दिलाउने कार्यक्रम तय भएको छ ।
सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांग्रेको तर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो । बाग्लुङबाट प्रतितिनिधित्व गर्ने छन्त्यालको असार १७ गते निधन भएको थियो ।
छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी ज्वारचन सांसद बन्न लागेकी हुन् । ज्वारचनको घर गुल्मी हो ।
प्रतिक्रिया