बाँके ।
बाँकेको आइसोलेसन खाली हुँदै गएका छन्। आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन्।
दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका कोरोना मुक्त भएका छन्। ती गाउँपालिकाका सबै संक्रमित निको भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया