९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बर्दियाको ठाकुरबाबामा १० कोरोना सङ्क्रमित थपिए



बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरका ४ वडाका क्वरेण्टीन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  १२ : ४९ बजे