रोल्पा ।
रोल्पा नगरपालिकाका केही गाउँ सिल गरिएका छन् । दुई हप्ताअघि साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष कोरोनाको रिपोर्ट नआउँदै क्वरेण्टीनबाट निस्केर गाउँ पुगेपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । उनको रिपोर्ट पोजेटिभ आएपछि रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई आइतबार दिउँसो १२ बजेदेखि सिल गरिएको हो ।
ती व्यक्ति गुरुङगाउँमा रहेको सामुदायिक भवनको क्वरेण्टीनमा बसेका थिए । उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिबार कोरोना पुष्टि भएपछि आइतबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिले ती गाउँ सिल गरेको हो । विदेशबाट आउँदा उता गरिएको पीसीआर रिपोर्ट देखाएर गाउँभरी डुलेका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको हो ।
यस्तै सोमबार बेलुका ६ बजेदेखि सदरमुकाम लिबाङ बजारलाई पनि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय सरकार र प्रशासनको लापरबाहीले यो अवस्था आएको सरोकारवालाहरुको भनाइ छ ।
अब सिल गरेर मात्र नहुने र ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने स्वास्थ्य प्रमुख केसीको भनाइ छ ।
यस्तै शनिबार नै १२ जनामा कोरोना देखिएको रोल्पा नपा–१०, धबाङमा भने त्यति धेरै समस्या नदेखिएको भए पनि थप सतर्कताका लागि गाउँ सिल गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया