९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुकी चेली सुष्मिताको सम्झनामा हेटौडामा गरियो सुष्मिता चोक नामाकरण



मकवानपुर ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की सुष्मिता थापाको बीभत्स हत्यालाई बिर्सन नसकिने भन्दै सो स्थानलाई सुष्मिता चोक नामाकरण गरिएको छ ।

कपिलबस्तु माइती भएकी र हेटौँडा विवहा गरि हेटौँडा आएकी थापाको परिवारकै सदस्यहरु सासू ससूरा नन्दहरु मिलरे मारेको कारण अबका दिनमा यस्ता गलत अपराधिक घटना नघटोस भन्दै सुष्मिता चोक नामकरण गरिएको कर्रा टोलविकाश संस्थाकी अध्यक्ष चन्द्रकान्ता श्रेष्ठले बताईन् ।

यसैक्रममा यसरी सुष्मिता मारिएको घटनाले गर्दा आफुहरुलाई रातदिन पिरोली रहेको र हेटौँडाको लागि हेर्ने द्दृष्टि नकारात्मक नपरोस भन्दै सुष्मिताको सम्झनालाई ताजा राख्न टोलबासीको सहमतीले सुष्मिता चोक नामाकरण गरिएको स्थानियहरुले बताएका छन्।

थापाको बीभत्स हत्यामा संलग्न दोषीउपर गरिएको बहस पछि हत्याको आरोपीत ४ जनालाई असार ३१ ग्ते मकवानपुर जिल्ला अदालतलले पूर्पक्षको लागि जेल चलानको आदेश समेत दिएको छ भने साउन ३ गते सुष्मिता चोक नामकरण गएिको हो ।

थापाको असार २ गते घरमा मृत अवस्थामा भेटिएपछि उनको हत्याको आरोपमा परिवारकै सदस्य ससूरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कान्छी नन्द सीता थापा र सासू तुलसा थापालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ८ : २३ बजे