बिष्णु कुमार आले, अर्घाखाँची ।
गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डको ठाडा दह नजिकै रिपाहपाखामा शनिबार साँझ स्कारपियो दुर्घटना हँुदा मृत्यु भएकाको पहिचान खुलेको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा जिल्ला रैनादेबी गाउँपालिका ८ का ३८ बर्षीय पाण्डप ठाहारी रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
दुर्घटनामा परि अन्य एक जना गम्भीर घाईते भएका छन् । गाडी चालक लिला तामाङ गम्भिर घाईते भएका हुन् । घाईते तामाङको थप उपचारका लागि लुम्बिनी अन्चल अस्पताल बुटवलमा रिफर गरिएको छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिव ६ सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको छ ।
यो पनि पढ्नुहोस अर्घाखाँचीको ठाडामा जिप दुर्घटना, एक जनाको मृत्यु
प्रतिक्रिया