९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देशका धेरै स्थानमा बर्षा, सतर्कता जरुरी



काठमाडौँ । देशभरको मौसम बदली भइ धेरै स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपाल तिर सरेकाले देशभर बदली तथा वर्षा भएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।यसैगरी राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।नदी तथा खोला आसपासका बासिन्दा तथा पहिलो सम्भावित क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ७ : ०७ बजे