९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बलर जोफ्रा आर्चरलाई जरिवाना



एजेन्सी ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बलर जोफ्रा आर्चरलाई जरिवाना गरेको छ । कोभिड(१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि बोर्डले आर्चरलाई जरिवाना गरेको हो।

बोर्डले शनिबार एक विज्ञप्ति निकाल्दै आर्चरलाई जरिवाना गरिएको जनाएको छ । जरिवाना रकम भने बोर्डले खुलाएको छैन ।यस्तै बोर्डले आर्चरलाई लिखित चेतावनी समेत दिएको छ ।

घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्धको सिरिज चलिरहेको बेला उनले नियम उलंघन गरेको बताईएको छ ।

कोरोना भाईरसको कारण सिरिज जैविक रूपमा सुरक्षित बनाउन टेष्ट बन्द रंगशाला भईरहेको छ । खेलाडीले अनिवार्य रुपमाुबायो(सेक्योर प्रोटोकलु नियम पालना गर्नु पर्नेछ ।

तर, आर्चर पहिलो टेष्ट सकिएपछि नियम उलंघन गर्दै घर गएका थिए ।जसको कारण उनले बिहीबारबाट जारी दोस्रो टेष्ट खेल समेत गुमाएका छन् ।

उनलाई बोर्डले टिमबाट हटाएको थियो । आर्चर अहिले पाँच दिनको आईसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ६ : ५२ बजे