मायादेवी अनलाइन, चार नम्बर ।
अन्तर्राष्ट्रिय स्तरको पार्क निर्माण गर्ने योजनासहित राजापानी सामुदायिक बनमा वृक्षरोपण गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको वनमा शनिबार उन्नत जातका ८ सय बढी विरुवाहरु रोपिएको हो ।
सव डिविजन कार्यालय पिपरा र पटनाको सहयोगमा आँप, लिची, ज्याकेराण्डा, कल्की बोतलब्रस, क्यासिया सेमिया, गोल्ड मोहर, क्यासिया लियोफोर्निया जस्ता उन्नत जातका फलफूलका विरुवाहरु रोपिएको वनका अध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिनुभयो । प्रदेश सांसद विष्णु पन्थी, नगरपालिकाका उपमेयर चक्र अर्याल लगायतले विरुवाहरु रोप्नु भएको थियो ।
विरुवा रोपण गर्दै प्रमुख अतिथि सांसद पन्थीले बनलाई अझ महत्वको बनाउन आफूले पनि पहल गरिरहेको बताउनु भयो । यस बनमा जिल्लाकै अन्र्तराष्ट्रिय स्तरको पाक बनाई आन्तरिक र बाह्य पर्यटक भित्राउनु पर्नेमा पन्थीले जोड दिनुभयो ।
राजापानी वनलाई केवल बनमा सिमित नगरी वृहत् योजनासहित अगाडी बढेको भन्दै केही समयपछि त्यहाँ परापर्यटनको सुन्दर रुप देख्न सकिने अधिकारीले बताउनु भएको छ । प्रदेश सांसद पन्थीले भनेजस्तै आफ्नो लक्ष्य पनि अन्र्तराष्ट्रिय स्तरको पार्क निर्माण गर्ने सपना रहेको अधिकारीले बताउनु भयो ।
जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उदेश्यसहित बनलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन बिभिन्न काम भइरहेका छन् । अहिले त्यहाँ जाँदा धेरै परिवर्तन भएको देख्न सकिन्छ । राजापानी सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान भन्ने नारासहित वृक्षरोपण लगायतका कामहरु भइरहेका छन् ।
प्रतिक्रिया