९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा बृक्षरोपण कार्यक्रम



मायादेवी अनलाइन, चार नम्बर ।
सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिन कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तुको वाणगंगास्थित मधुवनधाममा करिब एक सय वटा विभिन्न बिरुवा रोपन कार्यक्रम सम्पन्न भएको छ ।
विशेष गरि वन बिनाश र बोटबिरुवाको चोरीले गर्दा वातावरणमा नराम्रो असर परेको र मानव एवं सम्पूर्ण जीवजन्तुमा पनि नराम्रो असर र लोप हुँदै गएकाले बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वाणगंगा वडा नं. ८का वडा अध्यक्ष गुणानिधि भुसालले बोल्दै युवाहरुको स्वतस्फूर्त देश र समाज प्रतिको योगदान उदाहरणीय रहेको भन्दै आगामी दिनमा वडाबाट साथ र सहयोग हुने बताउनु भयो ।

शाखाका अध्यक्ष निर्मल शर्माले आगामी दिनहरुमा पनि संस्थाले यस्तै किसिमका कार्यहरु गर्ने र समाजमा योगदान गर्ने बताउनुभयो ।

सिर्खन्ड, अर्जुन, कपुर, बेल, सेतो शिरीष, राजबृक्ष, आँप, लिची, अमला, सफेदा, बेल गरी झण्डै एक सय गोटा बिरुवा मधुवन धाममा लगाइएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

बृक्षारोपणमा समाजसेवी मेघनाथ पौडेल, तिलक थापा, चन्द्रकान्त पोख्रेल लगायतको उपस्थिती रहेको शाखाका सचिव सुशान्त पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ६ : ५६ बजे