मायादेवी अनलाइन, तौलिहवा ।
अन्ततः हुलाकी सडक आयोजना अन्तर्गत सदरमुकाम तौलिहवाको जमुहारदेखि छोटकी तौलिहवा मस्जिदसम्म सडक क्षेत्र भित्र पर्ने अतिक्रमण हटाउन शनिबारबाट सुरु गरिएको छ ।
पहिलो चरणमा सरकारी कार्यालयहरु जिल्ला समन्वय समिति कपिलस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन, तौलेश्वरनाथ संस्कृत माबि, सन साइन बोर्डिङ स्कूलका पर्खालहरु डोजर लगाएर भत्काइएको छ ।
यस्तै सरकारी वकील कार्यालय अघि बाटोमा निर्माण गरिएको प्रतिक्षालय, खानेपानी कार्यालयसहित २ वटा बिद्यालयका पर्खाहरु डोजर लगाएर केही भाग भत्काइएको जनाइएको छ ।
२३ सय ४० मिटर भित्र २ सय ७३ वटा संरचना रहेका छन । यस्तै कपिलस्तु नगरपालिका अनुसार जमुहार देखि भिक्षुसम्म ५ सय ८३ संरचना भत्काउनु पर्ने देखिन्छ । बहादुरजंज जाने बाटो देखि भिक्षु चोकसम्म सडक बिभागले सडक स्तरउन्नती गर्ने जनाएको छ ।
उता स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नका लागि रिट निबेदन दिनुभएको छ ।
सोही आधारमा बुटवल इजलासले निबेदकका हकमा अल्पकालीन आन्तरिम आदेश जारी गर्दै बिपक्षी हुलाकी सडक आयोजना र सडक बिभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाइएको छ ।
यो पनि पढ्नुहोस तौलिहवा बजार आसपासका संरचना भत्काउने कार्यलाई उच्च अदालतले रोक्यो
अतिक्रमण हटाउने अभियानमा रहेका मेयर भन्छनः नगरपालिकाले कसैलाई घरबारबिहीन बनाउँदैन्
प्रतिक्रिया