९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पहिलोपटक ‘लायन्स क्लव अफ कपिलवस्तु दिदीवहिनी’ गठन, अध्यक्षमा गैरे



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा पहिलोपटक अन्र्तराष्ट्रिय महिला क्लव गठन भएको छ । लायन्स क्लव अफ कपिलवस्तुले जिल्लामा पहिलोपटक लायनस क्लव अफ कपिलवस्तु ‘दिदीवहिनी’ गठन गरेको हो । लायन्स क्लव कपिलवस्तुले शनिबार आयोजना गरेको तेश्रो पद हस्तान्तरण कार्यक्रमको अवसरमा लक्ष्मी गैरेको अध्यक्षतामा क्लवको गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सविता पौडेल, द्धितीय उपाध्यक्षमा अञ्जु आचार्य ज्ञवाली, तृतीय उपाध्यक्षमा रिता अधिकारी खनाल, सचिवमा पद्मा बस्नेत, कोषाध्यक्षमा सविता पाण्डे, सह सचिवमा सरस्वति सोमै, सह कोषाध्यक्षमा राधा घिमिरे रहनु भएको छ ।

यस्तै क्लवको सदस्यहरुमा भगवतीदेवी भूषाल, पुजा पौडेल, अनिता क्षेत्री, कमला खड्का, मिना भूषाल, पूर्ण कला क्षेत्री, रमा भट्टाई, सिता घिमिरे र राधा अधिकारी रहनु भएको छ ।

नवगठित क्लवलाई लायन्स क्लवका डिष्ट्रिक गर्भनर शम्भू नकर्मीले सार्वजनिक गर्नु भएको थियो । क्लवका अनुसार लायन्स क्लव कपिलवस्तु दिदीबहिनी जिल्लाकै पहिला महिला अन्र्तराष्ट्रिय क्लव रहेको छ ।
अरु अन्र्तराष्ट्रिय क्लव भए तापनि महिलाहरुको नेतृत्वमा यसरी क्लव गठन हुन सकेको थिएन । दिदी बहिनी गठन भएसंगै जिल्लामा महिला नेतृत्वलाई सबल । सक्षम बनाउन थप बल मिल्ने भन्दै गर्भनर नकर्मीले आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

दिदीबहिनी गठनसंगै जिल्लामा थप काम गर्न सहयोग मिल्ने वर्ष २०२० । २१ का अध्यक्ष सुरेन्द्र घिमिरेले विश्वास लिनु भएको छ ।

कार्यक्रममा बिशिष्ठ अथिति लायन भाइस डिजी राम प्रसाद भट्ट, लायन्स क्लव रुपन्देहीका चार्टर प्रेसिडेन्ट तथा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भूषाल, जिल्लाका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्शन कृष्ण केसी लगायत सहभागी भई महत्वपूर्ण भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ५ : ५१ बजे