९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

६ जिल्ला ‘कोरोना फ्रि’



काठमाडौं ।
नेपालका ३ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट, बाजुरा र कैलालीमा ५ सयभन्दा बढी संक्रमित रहेका बताए ।

त्यस्तै नेपालका ७७ जिल्लामध्ये ६ वटा जिल्ला कोरोना फ्रि भएका छन् । भोजुपर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको प्रवक्ता गौतमले बताए ।

शनिबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ४ : ५४ बजे