९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना भाइरसको सचेतनामा वाणगंगाका नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस (कोभिड-१९) को जोखिम र त्यसबाट बच्न नागरिक स्तरको भूमिकाका लागि कपिलवस्तुको वाणगंगा नगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सचेतना अभियान संचालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले शुक्रबार कोरोना सचेतना र्‍याली निकालेको हो ।

प्रहरी युनिटहरुमा कार्यरत सुरक्षाकर्मीको सहभागीतामा उक्त र्‍याली निकालिएको थियो । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन बाणगंगा नगरपालिका ७ घेरवा वनगाईमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल पिपराको नेतृत्वमा सचेतनासहितको र्‍याली निकालिएको थियो ।

कोरोनाको जोखिम अझै कायमै रहेकाले सुरक्षाका लागि अनिवार्य मास्क र सेनिटाईजरको प्रयोग नै उत्तम उपाय रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष कुमार जोशीले बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कोरोनासँग जुध्न र कोरोनाको जोखिमका विषयमा नागरिक स्तरमा कपिलवस्तुका संचार माध्यमहरुले महत्वपूर्ण भूमिका खेलको बताउनुभयो ।

कोरोनाको जोखिम शुन्य स्थितिमा नआउदासम्म संचार माध्यम र पत्रकारहरु सचेतनाका लागि निरन्तर सक्रिय रहेने बताउदै कोरोनाबाट बच्न र सुरक्षित उपायहरु अपनाउन आम नागरिकहरुमा आग्रह समेत भुसाले गर्नु भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित घेरवा बनगाईमा आयोजना गरिएको सचेतना कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य मुमबहादुर पाण्डे, जेष्ठ नागरिक समाजका अध्यक्ष शिवचन्द्र आचार्य लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

शान्तिपूर्ण अनि सुरक्षित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमा अन्र्तगत सो कार्यक्रम संचालन गरिएको हो ।

वडा नम्बर ७ स्थित घेरवा वनगाईको मुख्य बजार परिक्रमा गरि सचेतनामुलक ब्यानर सहित पुनः फर्किएर घेरवा वनगाईमा कोण सभा गरीएकोे थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ६ : ३० बजे