९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रृङ्गीघाट सामुदायिक वनद्धारा दुई मृगौला पीडितलाई ३१ हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वनले दुई जना मृगौला पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित यस बनले नगरको वडा नम्बर ४ का मृगौला पीडित हरि न्यौपाने ( झुँगा ) र सोही वडाकै झविन्द्र खड्का (दरखास्त) लाई ३१ हजार स्वरुप आर्थिक सहयोग गरेको हो ।

झुँगाका न्यौपानेलाई संस्थाको तर्फबाट १० हजार र कार्यसमितिका सदस्यबाट ११ हजार गरी २१ हजार तथा दरखास्तका खड्कालाई १० हजार सहयोग गरेको वनकी अध्यक्ष रेणु सेनले मायादेवी अनलाइनलाई बताउनु भयो ।

अध्यक्षसहित सबै कार्य समिति सदस्य शुक्रबार वनको कार्यालयमा जम्मा भएर सदस्य तुलसी पौडेलको हातबाट सो रकम घरमा पठाएको हो । दुवै जनाको दुवै मृगौल खराब छ । उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएको थाहा पाए पछि उपचारमा थोरै भए पनि सहज होओस् भनेर सहयोग गरेको अध्यक्ष सेनले बताउनु भयो ।

सेनले दुवै पीडित बनको उपभोक्ता हरको पनि बताउनु भयो । आफ्ना उपभोक्ताहरुलाई बिभिन्न समस्या आउँदा वनले सहयोग गरिरहेको छ भने बिभिन्न सुविधाहरु पनि दिइरहेको छ । यस्तै अन्य बिभिन्न सामाजिक कार्यमा पनि यस वनले हात हाल्ने काम गरेको छ ।

यसैबीच झुँगाका प्रकाश गौतमले हरि न्यौपानेलाई १० हजार आर्थिक सहयोग गरेका छन् । हाल वैदेसिक रोजगारीको लागि मलेसियामा रहेका गौतमले हरिको उपचारमा सहयोग पुगोस् भन्दै सो सहयोग गरेको मायादेवी अनलाइनलाई जानकारी दिए । दुवैका पीडित परिवारले उपचारमा सहयोग् जुटाइदिन सबैमा विन्ति छरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ९ : २४ बजे