बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ वर्दहवा टोलमा बस्ने मधु बोटीको बर्ष २ को सिमा बोटी जन्म संगसंगै शरीरमा टियुमर आएपछि उनको परिवारले उपचारमा साह्रै नै समस्या झेलेका छन् ।
शुरुको अवस्थामा बुटवलको आम्दा बाल अस्पतालमा उपचार गरेपछि त्यस अस्पतालले कान्ति वाल अस्पताल महाराजगंज काठमाण्डौलाई रिफर गर्यो । हाल बच्चाको शरीरको भित्रि भाग पुरैमा टियुमर फैलिएको कान्ति वाल अस्पतालका चिकित्सकले वताएको परिवारका सदस्यले बताउँछन् । हाल सिमा बोटी जिवन मरणको दोसादमा रहेकी छन् ।
सहयोगी हातमा भलवाडमा रहेका सामुदायिक वनले सहयोग गरेको र हाल वच्चाको उपचारमा ८ लाख खर्च भइसकेको सिमाका बाबु मधु बोटीले बताए ।
सम्पत्तिको नाममा १४ धुर जग्गा रहेको र परिवारलाई ज्याला मजदुरी गरी जिविकोपार्जन गरेको गुनासो व्यक्त गर्दै परिवारमा ४ जनालाई गरिवीको चरम अभावमा घरखर्च चलाउन धौधौ परेको अवस्थामा छोरीको यो समस्याले छोरीको बाँच्न पाउने अधिकारको लागि जीवन रक्षाको लागि मानव अधिकारकर्मी, नागरिक समाज, संघ÷संस्था, बुद्धिजिवी, समाजसेवी सवैमा बोटी परिवारले सहयोगको लागि हार्दिक अपिल गरेको छ ।
प्रतिक्रिया