मायादेवी अनलाइन, तौलिहवा ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले कपिलवस्तु जिल्लाको तौलिहवा बजारमा शाखा बिस्तार गरेको छ ।
उक्त शाखा १९औँ शाखाको रुपमा बिस्तार गर्दै आजबाट सेवा सुरु गरिएको हो । प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय रहेकोमा शुक्रबार प्रदेश नम्बर ५ का क्षेत्रीय प्रबन्धक बरुण पौडेल र तौलिहवा शाखाका शाखा प्रबन्धक नविनबहादुर श्रेष्ठको उपस्थितिमा सेवा प्रारम्भ गरिएको हो ।
कपिलवस्तु १, तौलिहवामा उन्नाइसौं शाखा कार्यालयको सुरुवात पछि प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयहरु सहित जम्मा २१ वटा शाखा कार्यालयहरु संचालनमा आएको संस्थाले विज्ञप्ती मार्फत जनाएको छ ।
उक्त वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड रहेको छ साथै निक्षेप संकलन रु. ४ अर्ब ८४ करोड तथा कर्जा लगानी रु.३ अर्ब ७१ करोड प्रवाह भएको छ । संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ ।
प्रतिक्रिया