९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रदेश १ मा एक जना कोरोना सङ्क्रमितको ज्यान गयो



मोरङ ।
प्रदेश १ मा एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ वर्षीय पुरुषको ज्यान गएको हो । उहाँ सप्तरीको राजविराज नगरपालिका–६ का भए पनि उपचार धरानमा भएको र स्वाब परीक्षण पनि धरानमै गरिएको थियो ।

मृतक भारतको विभिन्न व्यापारिक सहरमा व्यापारको लागि आउजाउ गर्ने गरेको बुझिएको छ । उहाँ प्रदेश २ का भए पनि प्रदेश १ मा उपचारको क्रममा ज्यान गएको यो पहिलो घटना हो ।
शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अझै समन्वय भइसकेको छैन । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उहाँ सप्तरीको कुनै क्वरेण्टीनमा बसेको रेर्कड नभएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले यसबारे पुष्टि गरिसकेको छैन ।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  २ : ३४ बजे