काठमाडौं ।
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बनेको छ। शुक्रबार बिहान भिल्लारियललाई २-१ गोलले पराजित गर्दै ७ अंकको अग्रतासहित रियलले ला लिगाको उपाधि जितेको हो ।
यस्तै नाउ क्याम्पमा भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोलले पराजित भएको छ । ला लिगाअन्तर्गत बिहीबार राति र शुक्रबार बिहान गरी ९ खेल भएको थियो। (एजेन्सी)
प्रतिक्रिया