काठमाण्डौँ ।
दुई निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सलने देशभरका करिब दुई दर्जन गुठी, सहकारी र विभागीय विद्यालयलाई पत्र पठाएर अनलाईन कक्षा बन्दगर्ने विषयमा ऐक्यवद्धता जनाउन पत्राचार गरेको छ ।
दुई संगठनले बिहीबार ती विद्यालयलाई पत्राचार गरी दुई संगठनले गरेको अपिललाई अटेर गरे व्यवसायीक वहिष्कार गर्ने चेतावनी दिएको छ । हामीले सरकारविरुद्ध कुनै किसिमको आन्दोलन गरेका होइनौ, आर्थिक रुपमा चरम संकट परेपछि सबै प्रकारका विद्यालयलाई ऐक्यवद्धता जाहेर गर्न आग्रह गरेका हौ–प्याब्सन सह अध्यक्ष डिके ढुंगानाले भन्नुभयो ।
उहाका अनुसार जावलाखेलको सेन्ट जेभियर्स,सेन्ट मेरिज, बुढानिलकण्ठ, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका विद्यालय , शैक्षिक गुठीबाट सञ्चालित सिद्धार्थ बनस्थली, एलआरआई, लगायतका विद्यालयलाई समेत पत्रचार गरेको जानकारी दिनुभयो ।
हिजो दिनभरी भएको बैठकले देशैभरका विद्यालयलाई पत्राचार गरिएको थियो । राजधानीभित्रका केन्द्र र जिल्ला, स्थानीय कमिटीले स्थानीयतह र जिल्लाले जिल्ला र प्रदेशले प्रदेश स्तरमा पत्र तयार गरी सम्बन्धित विद्यालयमा पु¥याएका थिए ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले जटिल अवस्थामा पुगेको निजी विद्यालयलाई बचाउने विषयमा सरकारले कुनै निर्णय नगरेको कारण पढाई बन्द गर्नुपरेको बताउनुभयो । उहाले भन्नुभयो–सरकारले निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान बिर्सदै गएपछि बाध्य भएर पढाई स्थगित गरेका हौ ।
प्याब्सन अध्यक्ष पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आफु अन्तर्गतका जिल्लाका अध्यक्षलाई निदेर्शन दिएर दुई संस्थाको निर्णय पालना गर्न आग्रह गर्नुभएको थियो ।
दुई संस्थाले निर्देशन सदस्य विद्यालयले पालना नगरे सदस्यता खारेज गर्नेसम्मको निर्णय गर्न तयार भएको प्याब्सनका सह अध्यक्ष ढुंगानाले स्पष्ट पार्नुभयो । भन्नुभयो–यो सबैको समस्याको विषयको कुरा भएकोले दुई संस्थाको निर्देशन पालना गर्नेपर्छ ।
शुल्क उठाउन नपाएको झोकमा अनलाईन कक्षा बन्द गरेको आरोप लागेको दुई संस्थाले सरकारसंग वार्ताको ढोका खुला रहेको स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बन्द गरेर समस्या समाधान हुन नसक्ने बताउदै आउनुभएको छ ।
मन्त्रालयले सबै सरोकारवालासंग बैठक बसेर समस्या समाधान गर्ने तयारीमा रहेको छ । मन्त्रालयले इष्टु, अभिभावक महासंघ, शिक्षक महासंघ, संस्थागत विद्यालय अभिभावक संघ लगायतसंग वार्ता गर्ने तयारी गरेको छ ।
यसअघि पटक पटकको वार्ताबाट समस्या समाधान नभएपछि प्याब्सन र एन प्याब्सनले हिजो साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको थियो । यसैबीच शिक्षा मन्त्री पोखरेलले प्याब्सन र एन प्याब्सनलाई वार्तामा बोलाइएको छ ।
प्रतिक्रिया