१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रोजगार पाउनु हुनेछ, एक महिनाभित्र बेरोजगार भएको पुष्टि गर्नुहोस्



काठमाडौं ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचीकृत हुन सरकारले एक महिनाको समय दिएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ देखि २०७७ भदौ ७ सम्म समय तोकिएको हो ।

यसरी सूचीकृत भएका नागरिकलाई सय दिनसम्मको रोजगारी पाउने सरकारले बताएको छ । स्थानीय तहमा साना विकासे आयोजना सञ्चालन गरेर रोजगारी दिने गरी सरकारले कार्यक्रम चलाउँदै आएको छ ।

गत चैत्र १ देखि सूचीकरण सुरु भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र चैत ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण काम प्रभावित थियो । अब बेरोजगार नागरिकले निवेदन दिने समय सीमा भदौ ७ सम्म कायम भएको छ ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट वेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचीकरणको आवश्यक व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ५ : ३७ बजे