मायादेवी अनलाइन, चार नम्बर ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका वर्ष २०२० / २१ का अध्यक्ष रोटरियन नरेश पौडेलले आफ्नो कार्यकाल भवन निर्माणमै वित्ने बताउनु भएको छ । पदभार ग्रहण गरेपछि उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकता शिलन्यास भएको रोटरी भवनको निर्माणलाई पुरा गर्ने रहेको बताउनु भएको हो ।
कोभिडको महामारीका कारण भनेजति कार्यहरु गर्न समस्या भए पनि रोटरीको भवनको निर्माण कार्यलाई भने द्रुत ढंगबाट अगाडी बढाउने उहाँले बताउनु भयो । उहाँले मायादेवी अनलाइनसंग भन्नुभयो, ‘रोटरी र रोटर्याक्टका कति धेरै कार्यक्रम हुन्छन् । स्थायी भवन नभएर प्रतिवर्ष लाखौँ खर्च भइरहेको छ । कमसेमक भवन बनाउन सकियो भने कार्यक्रम गर्ने लगायत धेरै काम गर्न सजिलो हुन्छ । त्यसैले भवन निर्माणलाई मैले पहिलो प्राथमिकतामा राखेर काम गर्दछु ।’
क्लवले गर्ने अन्य सामाजिक कार्यहरु (वृक्षरोपण, रक्तदान, खेलकुद, सचेतना) लगायतका काम भने निरन्तर रुपमै अगाडी बढ्ने उहाँको भनाई छ । युवा ब्यावसायी पौडेलले भव्य समारोहकाबीच असार २६ गते रोटरीको पदभार ग्रहण गर्नुभएको थियो ।
सोही दिन नै बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले चार नम्बरस्थित जग्गामा भवनको शिल्यानास गर्नुभएको थियो । रोटरी नितान्त सामाजिक र मानवीय कार्य गर्ने संस्था भएको हुँदा भवन निर्माणमा सहयोग पुर्याउन सबैमा पौडेलको अनुरोध छ ।
प्रतिक्रिया