मायादेवी अनलाइन, चार नम्बर ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अबसर पारेर बाणगंगा नगरपालिकाका ३ सय ४७ परिवारलाई राहत वितरण गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु तथा राष्ट्रिय युवा संघ वडा नम्बर ४ को समन्वयमा बुधबार वडाका ३ सय ७४ परिबारलाई राहत बितरण गरिएको हो ।
समाजसेबीहरु कृष्ण कुवर, कृष्ण प्रसाद भट्टराई , डा. धर्मराज भट्टराई, दिल बहादुर खाती लगायत ७० जना दाताबाट सड्ढलन राहत गरि अति बिपन्न मजदुर तथा भाडामा बस्ने परिबारलाई १८ किलो चामल, २ किलो दाल, २ लिटर खाने तेल सोयाबिन, साबुन सर्फ लगायतका सामग्री बाँडिएको राष्ट्रिय युवा संघ कपिलवस्तुका सदस्य रनेद्र सेनले बताउनु भयो ।
सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आगामी दिनमा पनि गरिब र विपन्नको घरमा युवा संघ पुग्ने उहाँको भनाई छ ।
प्रतिक्रिया