मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुकी स्वर्गिय चेली सुस्मिताको हत्याका आरोपितमध्ये ज्वाईँ भनिने फरार रहेका छन् । लामो अनुसन्धानपछि हेटौँडा प्रहरीले ज्वाईलाई पनि हत्यामा संलग्न भएको भनि पत्ता लगाएपछि पक्राऊ पुर्जी काटेको थियो । त्यसपश्चात् प्रहरीले उनलाई खोजिरहेको छ । तर अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनी फरार रहेकाले फेला पार्न नसकिएको बताएको छ । ज्वाईको खोजिमा हेटौँडा प्रहरीको ठुलै फोर्स परिचालन भएको एसपी शुशिल सिंह राठौरले मायादेवी अनलाइनसंग बताउनु भयो । भेट्नासाथ पक्राऊ गरिहाल्ने उहाँको भनाई छ । प्रहरीले छिटै उसलाई पक्राऊ गर्न सफल हुने भन्दै घटनाबारे थप कुरा पत्ता लाग्ने प्रहरीले बताएको छ । सुरुमा घटनामा संलग्न कुनै प्रमाण फेला पार्न नसक्दा ज्वाइँलाई पक्राउ गरिएको थिएन । त्यसपछि धेरैले प्रहरीमाथि नै शंका गर्न थालेका थिए ।
पक्राऊ पुर्जि जारी भएपछि ज्वाई फरार रहनुले घटनामा उसको प्रत्यक्ष संलग्नता छ भन्ने कुराको पुष्टि भएको सरोकारवाला बताउँछन् । हैटौँडाको सुस्मिता हत्याकाण्डमा सुरु देखि नै पैरवी गर्दै आउनु भएकी मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रवक्ता मञ्जु खाँणले भन्नुभयो, ‘ज्वाई भनिने घटनामा संलग्न छ भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौँ । अनुसन्धानपछि प्रहरीले पनि पक्राऊ पुर्जि काट्यो । त्यसपछि ऊ फरार रहनुले यसमा उसको पनि प्रत्यक्ष रुपमा संलग्नता छ भन्ने पुष्टि भएको छ । चाँडै त्यसलाई पक्रेर र कानुन अनुसार कारबाही गर्नुपर्दछ ।’ सुस्मिताका श्रीमानले गरेको १ करोडको विमा रकम हत्याउन जवाईले विशेष भूमिका खेलेको बताइन्छ ।
सुस्मीता केसिको हत्याकाण्डका हत्याराहरूमध्ये ससुरा प्रकाश थापालाई पूर्पक्षको लागि भिमफेदी कारागार चलान गरिएको छ भने सासु तुल्सा थापा, दुबै नन्द सीता थापा र दुर्गा थापालाई चितवन कारागार चलान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ज्वाईलाई पक्राऊ पुर्जि जारी हुनु र चार जनालाई कारागार चलान गरिनुले केही भए पनि न्याए पाएको परिवारजनले बताएका छन् ।
प्रतिक्रिया