१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भोटेकोशीमा बेपत्ताको खोजी गर्ने गोताखोरको डुंगा नै पल्टियो



काठमाडौं ।

सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् ।

नेपाल प्रहरीका ३ नं प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाका अनुसार सबैको अवस्थामा सामान्य छ । भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा परेर पछिल्लो एक सातामा १८ जना बेपत्ता छन् ।

भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिएको घटनमा एक जनाको शव भेटिएको छ । थप चार जना महिला बेपत्ता छन् ।

प्रदेश प्रहरी प्रमुख लामाका अनुसार ४९ वर्षीया निमा स्याल्बो शेर्पाको शव भेटिएको हो । गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका थिए ।

बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ९ : ४६ बजे