१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना भाइरसः विश्वभर मृतकको संख्या ५ लाख ७४ हजार पुग्यो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ७४ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७४ हजार ४६४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा मात्रै १२ हजार कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ८ : २२ बजे