मायादेवी अनलाइन, चार नम्बर ।
सिद्धार्थ बैङ्क लिमिटेड जीतपुर कपिलवस्तु शाखामा कार्यरत कर्मचारीहरुले बुधबार कपिलवस्तुका दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
कर्मचारीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर वाणगंगा न.पा. वडा नं ४ झुंगाका दुवै मृगौला पीडित हरी न्यौपाने र शिवराज नगरपालिका चन्द्रौटाका प्रकाश विक्रम जि.सी.लाई पाँच÷पाँच हजार १ सय प्रदान गरेका हुन् ।
बंैकका जीतपुर शाखा प्रबन्धक मनोज पौड्यालले सो रकम पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रत्येक आर्थिक बर्षको अन्त्यमा कर्मचारीहरुले क्लोजीङ पार्टि गर्ने गरेको र यस बर्ष कोरोना भाईरसको कारणले सामाजीक दुरी कायम गर्नुपर्ने भएकाले क्लोजीङ पार्टि नगरी सो रकम मृगौला पीडितलाई सहयोग गरीएको शाखा प्रबन्धक पौड्यालले बताउनु भयो ।
रकम ग्रहण गर्दै मृगौला पीडित न्यौपाने र जिसीले बैङ्कलाई धन्यबाद दिनुभयो । कर्मचारीहरु सुरज राजवंशी, दिलिप पौडेल, योगेश पराजुली, कुलदिप बेल्वासे, अनिल कुँवर क्षेत्री र हिम्मत भुषालबाट सो रकम संकलन भएको थियो ।
बैङ्किङ क्षेत्रबाट उहाँहरुलाई भएको यो पहिलो सहयोग हो । दुवै जनाको आर्थिक अवस्था निकै दयनीय छ । सामाजिक सहयोगविना उनीहरुको उपचार सम्भव नभएकाले सबैको सहयोग जरुरी छ ।
प्रतिक्रिया