१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु नगरपालिकाले दियो ७ जना किसानलाई चारा काट्ने मेशिन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले ७ जना किसानहरुलाई चारा काटने मेशिन प्रदान गरेकोे छ । नगरपालिकाको पशु सेवा शाखाबाट ७५ प्रतिशत अनुदानमा एच. पि. पावर मोटर जडान भएको च्यापकटर मेशिन प्रदान गरेको हो ।

नगर प्रमुख किरण सिंहले किसानहरुलाई सो मेशिन हन्तान्तरण गरेका थिए । मेशिनको प्रति गोटा मुल्य ४६ हजार परको पशु शाखाले जनाएको छ ।

७५ प्रतिशत अनुदानमा चारा काट्ने मेशिन भएकोमा किसानहरु हर्षित भएका छन् । उनीहरुले अब पशुहरुलाई चारा खुवाउनका लागि निकै सजिलो हुने बताए ।

नगर पशु शाखाका प्राबिधिक भोजराज पाण्डेयले किसानहरुको माग र २५ प्रतिशत आफ्नो लगानी गरेका कृषकलाई चारा काट्ने मेशिन उपलब्ध गराइएको बताए ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ७ : १० बजे