बुटवल ।
सूर्य नेपाल प्रालिले प्रदेश–५ लाई १ करोड रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम मुख्यमन्त्री शंकर पोखरेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि उपकरण खरिदमा खर्च गर्न आग्रह गर्नुभयो ।
लकडाउनका कारण आर्थिक अवस्था शिथिल भइरहेको अवस्थामा पनि सूर्य नेपालले देश र राष्ट्रका लागि योगदान स्वरूप कोषमा रकम जम्मा गरेको बताउनुभयो ।
त्यस्तै, उहाले बजार र सम्भावनाका आधारमा प्रदेश ५ मा पनि आफ्ना व्यवसायलाई विस्तार गर्ने बताउनुभयो ।
१ करोड रुपैयाँको चेक बुझ्दै मुख्यमन्त्री पोखरेलले कोभिड कोषमा जम्मा गरेको रकम स्वास्थ्य क्षेत्रमै खर्च गरिने बताउनुभयो ।
प्रतिक्रिया