मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार कोरोना सचेतना सचेतना र्याली निकालेको छ । जिल्लाभरका प्रहरी युनिटहरुमा कार्यरत दुई सुरक्षाकर्मीको सहभागितामा बिभिन्न स्थानमा र्याली निकालिएको हो ।
लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ८ बजे र्यालीको आयोजना गरिएको प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले मायादेवी अनलाइनसंग बताउनु भयो ।
यसैक्रममा बाणगंगाको मुख्य केन्द्र चार नम्बरमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल पिपराको नेतृत्वमा सचेतनासहितको र्याली निकालिएको थियो ।
र्यालीमा सहभागी भएका दुई सुरक्षाकर्मी, बाणगंगा नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, स्थानीय संघसंस्थाका प्रमुख तथा पत्रकारहरुले दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, महामारीदेखि सावधान–नियन्त्रण गर्ने साझा अभियान, नियमित रुपमा साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।
चार नम्बरचोकबाट सुरु भएको र्यालीले रेडियो मायादेवी रहेको कार्यालयसम्म आएर पुनः फर्किएर चार नम्बरमा कोण सभा गरेको थियो । सभामा बोल्नेहरुले लक डाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने बताउनु भएको छ ।
प्रतिक्रिया