१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पहिरो हटाएपछि पाल्पा–बुटवल सडक खुल्योे



पाल्पा ।
पाल्पा–बुटवल सडक खण्ड तीन दिनपछि खुलेको छ । सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्डको तिनाउँ, सिद्धबाबा, डुम्रेलगायतका ठाउँमा खसेको ढुङ्गासहितको पहिरो हटाएपछि बुधबार दिउँसो साढे १ बजेदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो खसेपछि तीन दिनसम्म बाटो बन्द भएपछि दर्जनौँ सवारी साधन अलपत्र परेका थिए । यात्रुहरु पहिरो छल्दै घण्टौ जङ्गलको बाटो हिँडेर समेत गन्तव्यमा पुगेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  २ : ५५ बजे