रुकुम पश्चिम ।
दुई किलो अफिमसहित होटलमा लुकेर बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरेको जनाएको छ ।
आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।
अफिमको खेती र चोरी निकासी रोक्न रुकुम प्रहरीले सक्रियता बढाएको प्रहरीले जनाएको छ ।
३१ असार २०७७ बुधबार ००:००
0
Shares
प्रतिक्रिया