१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना भाइरसः विश्वभर ५ लाख ७० हजारले ज्यान गुमाए



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ७० हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७० हजार २८८ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ६ : १० बजे