काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिका१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।
उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ ।
थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरी प्रमुख महर्जनले बताए । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ ।
प्रतिक्रिया