काठमाडौं ।
गत असारयता बाढी पहिरो र डुबानमा परी ८० जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यस्तै ५० जना घाइते भएका छन् । यो अवधिमा १ सय ३४ घरमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
सोमबार प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुलाई प्राकृतिक विपत्तिबाट भएको क्षतिबारे जानकारी गराइएको हो ।
प्राधिकरणका अनुसार पर्वत जिल्लामा गत जेठ ३२ पहिरोका कारण नौ जनाको ज्यान गएको थियो भने एकजना घाइते र दुई घरमा क्षति पुगेको थियो ।असार ८ गते पाल्पामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । दुईवटा घरमा क्षति पुगेको थियो । चारवटा गाईको पनि मृत्यु भएको थियो ।
यस्तै, असार १९ गते बझाङमा आएको पहिरोमा परेर सात जनाको मृत्यु भयो भने लएक जना घाइते भए । एक जना बेपत्ता भएका छन् । असार १८ गते गुल्मीमा आएको पहिरोमा चारजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना बेपत्ता भएका छन् । पाँचवटा घरमा क्षति पुगेको छ ।
यस्तै, असार २५ गते सिन्धुपाल्चोकमा आएको बाढीमा परि २० जना हराइरहेका छन् भने तीन जनाको मृत्यु भएको छ, पाँचजना घाइते भएका छन् । ठाडो खोलामा आएको बाढीका कारण भएको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी ५० घरमा क्षति पुगेको छ । यस्तै असार २६ गते म्याग्दीमा आएको पहिरोमा परी २८ जनाको मृत्यु भएको छ १२ जना घाइते भएका छन् । चार जना बेपत्ता भएका छन् । ३७ घरमा पुगेको छ ।
असार २६ गते लमजुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक घर भत्केको छ । लमजुङ गएको पहिरोमा परी तीनको मृत्यु भएको छ भने एक घर भत्केको छ । सोही कास्कीमा पहिरोमा परी एउटै घरका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घरमा जन्मदिन परेकाले धेरै मानिसहरू भेला भएका थिए । यस्तै असार २६ गते रुकुममा पहिरोमा परी दुईजनाको ज्यान गयो भने एकजना घाइते भए ।
यस्तै जाजरकोटमा असार २६ गते भएको अर्को प्राकृतिक विपत्तिमा परी ११ जनाको मृत्यु भएको थियो २ जना घाइते र ३ जना बेपत्ता भए । पहिरोमा परेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । २६ गते लमजुङमा भीषण पहिरो गएको छ । तेह्रथुममा एक घरमा क्षति पुगेको छ यस्तै सर्लाहीमा आएको बाढीबाट एक जना बेपत्ता भएका छन् ।
असार २८ गते संखुवासभामा पहिरोका कारण ११ जना बेपत्ता भएका छन् । घरमा क्षति पुगेको छ । सोही दिन तनहूँमा गएको पहिरोमा परी १० जना बेपत्ता भएका छन् । पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यसरी झन्डै १ महिनाको अवधिमा देशमा विभिन्न ठाउँमा गएको पहिरो र बाढीका कारण ८० जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । ५० जना घाइते भएका छन् । १ सय ३४ घरमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख सुनिल शर्माले जानकारी दिए ।
राज्य व्यवस्था तथा बैठकमा उपस्थित भएका गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष अघिल्ला वर्षको तुलनामा उच्च वर्षात भएका कारण प्राकृति विपत्ति बढेको बताएको छ ।
प्रतिक्रिया