बिष्णु कुमार आले, अर्घाखाँची ।
माछा मार्नेक्रममा करेन्ट लागेर अर्घाखाँचीको शीतगंगा ९ थाङघाटका छबिलाल पुनको १२ बर्षीय छोरा मीन बहादुर पुनको मृत्यु भएको छ ।
घर नजिकै रहेको राङसिङ खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा पुनको मृत्यु भएको हो । घरबाट करिव ३० मिटर टाढा बिजुलीको नाङ्गो तारमा हुक जोडेर पुनले खोलामा माछा मार्ने प्रयास गरेका थिए ।
सवको घोराई अस्पतालमा पोष्टमाट्म गरि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया