१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

इंग्ल्याण्डकी १ सय ४ वर्षकी लेडी, जसले अस्पताल भर्ना नभइ कोरोना जित्नुभयो



काठमाण्डौ ।

इंग्ल्याण्डको केन्टमा १ सय ४ वर्षकी महिलाले कोरोनालाई जित्नुभएको छ ।१ सय ४ वर्षकी ग्रेस ग्रीनवुडले अस्पलतालमा भर्ना नै नभई कोरोनालाई जित्नुभएको बीबीसीको खबरमा उल्लेख छ । उहाँ गएको तीन हप्तादेखि आफ्नो ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । श्वास फेर्नका लागिसमेत उहाँलाई समस्या भएको थियो ।

ग्रेसले निक्कै मुश्किल समय बिताएको परिवारका सदस्यले बताएका छन् । परिवारका सदस्य भन्छन्, ुग्रिसले जीवनको आधा हिस्सा रोगसँग गुजार्नुभयो, त्यसैले उहाँलाई चुनौतीसँग लड्न हिम्मत मिल्यो, र आफ्नो बृद्ध उमेरका बाबजुत पनि अस्पताल जान परेन र कोरोनालाई जित्न सफल हुनुभयो ।ु

लण्डनमा मेक अप आर्टिस्टको रुपमा काम गर्ने उहाँकी नातिनी क्रिस्टल अपोलोनिया भन्नुहुन्छ, ‘केही हप्ता पहिला ग्रिस बिरामी पर्नुभयो । त्यसपछि डाक्टरले कोरोना भएको भनेपछि निक्कै डरायौँ । हामी बसेको ठाउँमा पनि कोरोनाका कारण धेरै जनाको ज्यान गइसकेको थियो ।’

तर अहिले कोरोना पोजेटिभ हुँदैमा आत्तिनु हुँदैन भन्ने लागेको उहाँ बताउनुहुन्छ । बृद्ध उमेरका मानिसले पनि एक्सरसाइज भने नियमित गर्नुपर्ने उहाँले बताउनुभयो ।

ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उहाँले केही वर्ष भारतमा काम गरेर इङ्ल्याण्ड जानुभएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ७ : ४५ बजे