१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमणमा नयाँ रेकर्डः एकैदिन २ लाख ३० हजार बढी संक्रमित



एजेन्सी ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ।

रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको हो।

थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्। यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए।

मृतक संख्या भने ५ हजारमा स्थिर रहेको छ।पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ७ : ३० बजे