१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दक्षिण अफ्रिकामा रक्सी बिक्रीमा प्रतिबन्ध, रातिमा कर्फ्यू लागु



एजेन्सी ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि दक्षिण अफ्रिकाले पुनः कर्फ्यूसहितका नियमहरु लागु गरेको छ । दक्षिण अफ्रिकाले संक्रमण नियन्त्रणमा लिनका लागि भन्दै रक्सीको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

रातिमा कर्फ्यू लागु भएको छ भने घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । राष्ट्रपति सिरिल सामाफोसाले रक्सीमाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताएका छन् ।

राष्ट्रपति सिरिल सामाफोसा
यसअघि पनि दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका लागि सहयोगी हुने भन्दै रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

देशमा पुनः संक्रमण बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो । दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७६ हजार भन्दा बढी रहेको छ । त्यहाँ अहिलेसम्म कोभिड–१९ बाट चार हजार ७९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ७ : ११ बजे