१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज २०७ औँ भानु जयन्ति, कोरोनाका कारण घरघरबाट सम्झना



मायादेवी अनलाइन, चार नम्बर ।
आज आदिकवि भानुभक्त आचार्यको जन्म दिन । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा जन्मनु भएका आदिकवि आचार्यको २०७ औँ जन्म जयन्ति बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ ।

विगतका बर्षहरुम स्कुल, विद्यालय, कलेज र बिभिन्न साहित्यिक संस्थाले बिभिन्न कार्यक्रम गरी भानुभक्तलाई सम्झना गरे पनि यस बर्ष कोरोनाका कारण घरघरबाटै भानुभक्तलाई सम्झने काम भइरहेको छ ।

यस्तै सामाजिक संजालबाट समेत उहाँलाई सम्झने काम भएको छ । भानुभक्तका रामायण, बधुशिक्षा, प्रश्नोत्तरी लगायतका बिभिन्न कृतिहरु चर्चित छन् । उहाँ भाषाको एकिकरणको जननी पनि हुनहुन्छ ।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुनहुन्छ, जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गर्नुभएको थियो । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिनु भएको थियो । तयसैले पनि उहाँको विशेष सम्झना हुन्छ ।

रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले “रामायण“का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उहाँ रामायणमा बाँच्नु भएको छ ।

भानुभक्तको लय बिल्कुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजीब्रोमा छ । उहाँपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् ।

भारतमा अध्यन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उद्घघोष गर्दछ । भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो ।

मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरि छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आउनु भएको हो । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।


प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ६ : ४० बजे