काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।
थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर ट्विटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोत्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने समाधान खोज्नुस् ।
यातायात व्यावसायीहरूले आफ्नो माग पुरा नभएसम्म यातायात क्षेत्र ठप्प राख्ने चेतावनी दिइरहेका बेला थापाले यस्तो धारणा राखेका हुन ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले शुक्रबार आफ्ना मागहरू पुरा नभएसम्म सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । २३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यावसायीहरूले यस्तो निर्णय गरेका हुन ।
प्रतिक्रिया