१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाढी पहिरो पीडितलाई सार्वजनिक भवन र विद्यालयमा राख्न सकिने



काठमाण्डौ ।
बाढी पहिरोका पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।


कोरोना सङ्क्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएपछि उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा प्राधिकरणले यस्तो बताएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटना बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । प्राकृतिक विपद्बाट पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।


छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विभिन्न मन्त्रालयका मन्त्री र सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार शुक्रबार बाढी र पहिरोबाट आठ जिल्ला प्रभावित भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ३ : ५३ बजे