काठमाडौं ।
३३ किलो सुन तष्करीमा संलग्न रहेको आरोप लागेका एक जना नेपालीलाई युएईबाट शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि युएईमा पक्राउ परेका काभ्रेका करिब ४२ वर्षीय हरिशरण खड्कालाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खड्कालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
खड्कासहित १२ जनाविरूद्ध इन्टरपोलमा रेड नोटिस जारी गरिएको थियो। खड्का वैदेशिक रोजगारीमा गए पनि जागिर छाडेर सुन तष्करीमा लागेको आरोप छ ।
२७ असार २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया