नवलपरासी ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक खुलेको छ । बाढीले भत्काएको ठाउँमा डाइभर्सन बनाइएपछि सडक खुलेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका ९ को थुम्सीमा रहेको खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भर्ट बगाउँदा शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि खाद्यान्नलगायतका अन्य सामग्री ढुवानी गर्ने गाडी बिहानदेखि रोकिएका थिए । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडीसमेत रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।
२७ असार २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया